काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ। बैंगलुरुले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
राजस्थानलाई विजयी बनाउन ओपनर जस बटलरले शतकीय पारी खेले उनले ५८ बलमा ९ चौका र ४ छक्कासहित १०० रन बनाएर अविजित रहे।
यस्तै राजस्थानका कप्तान सञ्जु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए ।
बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलुरुले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो। विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रन बनाए। फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए।
राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।