काठमाडौं- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’लाई १७५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८ ओभरमा १७४ रन बनाएको हो।
नेपालले आयरल्यान्ड ‘ए’विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।
आयरल्याण्डलाई सस्तैमा समेट्न रिजन ढकाल र साहब आलमले ३-३ विकेट लिए भने २ विकेट मौसम ढकालको नाममा रह्यो। कमलसिंह ऐरी १ विकेट लिन सफल भए।
पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपालले आजको खेलमा ब्याटर अर्जुन कुमाललाई प्लेइङ ११ मा स्थान दिएको छैन। उनको स्थानमा नरेन भट्टलाई मौका दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।