काठमाडौं- एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल ‘ए’ उत्कृष्ट सुरुवात गरेको छ। पहिलो पावर प्ले सकिँदासम्म नेपालले आयरल्याण्ड ‘ए’ का पाँच जना ब्याटरलाई आउट गरेको छ।
नेपालका बलर साहब आलम एक्लैले ३ विकेट लिएका छन्। उनले ४ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिएका हुन्। स्टेफन दोहेनी, मोर्गन टोपिङ र ग्रेथ डेलानीलाई पेभेलियन फर्काएका हुन्। उनी जेम्स म्याकुलमलाई रन आउट गर्न समेत सफल भएका छन्।
यसैगरी रिजन ढकालले एक विकेट लिएका छन्। उनले पिटर मोरलाई आउट गरेका हुन्।
त्रिवि क्रकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।