काठमाडौं- एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल ‘ए’ लाई पहिलो ओभरमै सफलता मिलेको छ। पहिलो ओभरको पाँचौं बलमा आयरल्याण्डका जेम्स म्याकुलम रन आउन भएका हुन्।
नेपालका कमलसिंह ऐरीको बलमा एक रन लिने क्रममा म्याकुलमलाई नेपालका साहब आलमले रन आउट गरेका हुन्।
त्रिवि क्रकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।