काठमाडौं- नेपाली क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेल शुक्रबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दैछ। खेल गुजरातको वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनमा पुगिसकेको छ भने बरोडा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ।
नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो।
तेस्रो खेलमा बुधबार गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको थियो। नेपाल ६ अङक जोड्दै शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।