काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन बुधबार १ लाख ३३ हजारमा कारोबार भएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार नयाँ उचाइ कायम गरेको हो। नेपाली बजारमा मंगलबार सुन प्रतितोला १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो। आजको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो।
यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।