काठमाडौं- नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्स विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेको छ।
आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका छन्। नेपालले पहिलो बलिङ गर्नेछ। नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ। टि२० सिरिज खेलेका ५ खेलाडी मात्र आज प्लेइङ-११ मा छन्।
नेपालका लागि कप्तान विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन्।
आयरल्यान्डले रस अडेर, म्याथ्यु फोस्टर, ग्याभिन होए र मोर्गन टपिङ्गलाई विश्राम दिएको छ। टोलीमा निल रक, केड कार्माइकल, ग्यारेथ डेलनी, स्टेफन डोहनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मकलम, पिजे मुर र बेन ह्वाइट छन्।
आयरल्यान्ड वल्भ्सले टि२० सिरिज २-१ ले जितेको थियो। अब एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।