काठमाडौं- एसएमएस फ्रेण्डसिप अन्तर्गत बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतीय क्लब गुजरातसँग तेस्रो टी-२० खेल खेल्दैछ। यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ।
यसअघिका खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो। दुई खेलमै अपराजित नेपाल आज पनि जित निकाल्ने तयारीमा रहेको छ।
आजको खेल जितेको खण्डमा सिरिजअन्तर्गत नेपाल एक खेल अगावै फाइनल पुग्नेछ। खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।