काठमाडौं– एसएमएस कप त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लबसँग प्रतिष्पर्धा गर्दैछ।
पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रिनेछ। खेल नेपाली समयानुसार पौने ३ बजेबाट सुरु हुनेछ।
सोमबार भएको खेलमा बरोडा गुजरातसँग ५ विकेटले पराजित भएको थियो। आज बरोडा नेपाललाई पराजित गर्ने दाउका साथ मैदान उत्रिनेछ।
एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।