काठमाडौं– एक महिनामा १ लाख बढी पर्यटक भित्रिएका छन्। मार्च महिनामामात्रै कूल १ लाख २८ हजार १६७ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
यो संख्या अघिल्लो महिनाको तुलनामा ३१ हजारले बढी हो। अघिल्लो महिना अर्थात् फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका थिए।
मार्च महिनामा कूल पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट ३० हजार ६९८ जना भित्रिएका छन्। यस्तै दोस्रोमा चीनबाट १२ हजार ९३ जला पर्यटक भित्रिएका छन्।
अमेरिकाबाट१० हजार ७६३ जना, बेलायतबाट ७ हजार २४१ जना, श्रीलंकाबाट ५ हजार ७४१ जर्मनीबाट ५ हजार २२५जना भित्रिएका छन्। यस्तै थाइल्याण्डबाट ४ हजार ५६७, अष्ट्रेलियाबाट ४ हजार ३४५ फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना पर्यटक भित्रिएका छन्।
![434697539_7558212570913892_4785839618949188770_n-1711957767.png](https://nepallive.com/uploads/posts/434697539_7558212570913892_4785839618949188770_n-1711957767.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।