काठमाडौं- नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरात विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीस्वरुप यो सिरिज खेल्न लागेको हो।
दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ। चैत २१ गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। फाइनल चैत २५ हुनेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।