काठमाडौं- ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कात्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ। यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ।
शहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो।
वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।