काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आयरल्यान्डविरुद्ध नेपालको पाँचौं विकेट पतन भएको छ। आक्रामक सुरुवात गरे पनि नेपालले मध्यक्रममा लगातार विकेट गुमाउँदा दबाबमा आएको छ।
आरिफ शेखलाई नेपालले पाँचौं विकेटका रुपमा गुमाएको हो। आउट हुनुअघि उनले १४ रन जोडे। त्यसअघि नेपालका ओपनर लोकेश बम २५, विनोद भण्डारी २६, देव खनाल ४७ र किरन ठगुन्नालाई ३ रनमा गुमाएको थियो।
अहिले क्रिजमा पवन सर्राफ र बसिर अहमद छन्। २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवात आक्रामक गरेको थियो। यतिबेला नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।