काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा आयरल्यान्डको पाँचौं विकेट पतन भएको छ। पाँचौं विकेटका रुपमा आक्रमक ब्याटिङ गरिरहेका आयरल्यान्डका पिजे मोरको विकेट कमलसिंह ऐरीले लिएका हुन्।
आक्रमक ब्याटिङ गर्दै मात्र २५ बलमा ६५ रन बनाएका मोरलाई २६ बलको सामना गर्ने क्रममा ऐरीले देव खनालबाट क्याचआउट गराउँदै पेविलियन फर्काएका हुन्।
यसअघि तीन विकेट सागर ढकाल एक्लैले लिएका थिए भने एउटा विकेट रनआउटबाट प्राप्त भएको थियो। ६६ रन बनाउँदा चार विकेट गुमाइसकेको आयरल्यान्डको स्कोर मोरले आक्रामक रुपमा बढाएका थिए।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो। २२३ रनको लक्ष्य पाएको नेपाल १९ दशमलव ३ ओभरमा २०१ रन बनाउँदै अलआउट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।