काठमाडौं- नेपाल ‘ए’ र आएरल्यान्ड ‘ए’ बीच शनिबार दोस्रो टी-२० अभ्यास खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे खेल सुरु हुने नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जनाएको छ।
पहिलो खेलमा आयरल्यान्डसँग २१ रनले पराजित भएका कारण आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। तीन खेलको सिरिजमा १-० ले पछि परेको नेपाललाई आज जित्नैपर्ने दबाब छ।
शुक्रबार सम्पन्न खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो। अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि नेपालले खेल हारेको थियो।
बिहीबारका लागि तय गरिएको पहिलो खेल वर्षाले प्रभावित भएपछि शुक्रबारका लागि सारिएको थियो। उक्त खेलमा नेपालका लोकेश बलमे १०६ रनको शतकीय पारी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।