काठमाडौं- नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको बिहीबारलाई तय भएको पहिलो टी-२० क्रिकेट प्रतियोगिता वर्षात्का कारण स्थगित भएको छ।
पानी निरन्तर परिरहेको र मैदानमा पानी जम्मा भएपछि आजका लागि तय भएको खेल ‘रि–सेड्यूल’ गरिएको छ। अब उक्त खेल भोलि शुक्रबार दिउँसो २ बजे टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
आयरल्यान्ड एले नेपाल एसँग तीन वटा टी–२० र तीन वटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ।
नेपालको टोली
विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री।
आयरल्यान्डको टोली
निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।