काठमाडौं– बलिउडमा मल्टिस्टार फिल्मको जमाना निकै पुरानो हो। एउटै स्टारले नै दर्शक क्षमता राख्ने हुँदा त्यसमाथि थप स्टारहरु हुनु कुनै पनि सिनेमाको लागि बजार छोप्ने राम्रो अवसर बन्छ।
तर बलिउडको एउटा यस्तो सिनेमाको चर्चा हामी गर्दैछौं जसलाई न स्टारलाई चम्काउन सक्यो न त स्टारलाई यो हैसियत दिने निर्देशकले नै हिट बनाउन सके।
सो सिनेमामा एक–दुई मात्र होइन, ज्याकी श्राफ, शाहरुख खान, नग्मा जस्ता १८ स्टार थिए। तर पनि फिल्म नराम्रोसँग फ्लप भयो। शाहरुख खानले त बन्नुअघि नै यो फिल्म छोड्न चाहेका थिए। तर निर्देशकको आग्रहमा उनले यो सिनेमा खेले।
मल्टिस्टार भइकन फ्लप हुने यो सिनेमाको नाम ‘किङ अंकल’ हो। शाहरुखले यो सिनेमा आफ्नो करियरमा उकालो बाटो तय गरिरहँदा खेलेका थिए। यो समयमा उनी स्टार हुने क्रममा थिए बनिसकेका थिएनन तर नौलो नाम पनि थिएन दर्शकका लागि।
उनका अलावा सिनेमामा ज्याकी श्राफ, अन्नु अग्रवाल, नगमाम परेश रावल, देवेन वर्मा, सुष्मिता मुखर्जी तथा फूरा रुपारेल लगायतका कलाकारहरु प्रमुख भुमिकामा थिए।
सिनेमालाई ‘करण-अर्जुन’ निर्देशक राकेश रोश्न अर्थात ऋतिक रोशनका पिताले निर्देशन गरेका थिए। शाहरुखले त्यतिबेला यो सिनेमा छोड्ने मनस्थिति बनाएका थिए। यसका निर्माताहरु सिनेमामा अमिताभ बच्चनलाई लिन चाहन्थे तर कारणवश: अमिताभले यो सिनेमा खेल्न सकेनन्।
उनले नै सो भूमिका लागि शाहरुख खानको नाम सुझाए। शाहरुखले पनि यो सिनेमामा अमिताभका कारण खेल्न तयार भएका थिए। सिनेमामा अमिताभ नहुने भएपछि शाहरुखले फिल्म छाड्न खोजेका थिए तर राकेश रोशनले त्यसो हुन दिएनन्। शाहरुखले यो सिनेमा खेले।
शाहरुखसहित १८ जना स्टार, तर पनि फ्लप भयो यो फिल्मतर पनि यो सिनेमालाई न स्टारले जोगाउन सक्यो न निर्देशकको नामले, वक्सअफिसमा सिनेमा फ्लप भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।