काठमाडौं– आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो मैत्रीपूर्ण टी–२० आईमा नेपालले पाँचौं विकेट गुमाएको छ।
पाँचौं विकेटमा रुपमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको हो। उनले आउट हुनुअघि ३३ रन जोडेका थिए। यसअघि विस्फोटक ब्याटिङ गर्दै ४७ रन बनाएका गुल्शन झा आउट भएका थिए। आयरयान्डका बेन ह्वाइटले रोकबाट क्याच आउट गराए।
यसअघि नेपालले ११ रन बनाएका ओपनर आशिफ शेख, २५ रन बनाएका अर्का ओपनर कुशल भुर्तेल र १२ रन बनाएका अनिल साहलाई गुमाएको थियो।
यतिबेला नेपालले नेपालले १६ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १५७ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।