काठमाडौं– आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो मैत्रीपूर्ण टी–२० आईमा नेपालले चौथो विकेट गुमाएको छ।
विस्फोटक ब्याटिङ गर्दै ४७ रन बनाएका गुल्शन झा आउट भएका हुन्। आयरयान्डका बेन ह्वाइटले रोकबाट क्याच आउट गराए।
यसअघि नेपालले ११ रन बनाएका ओपनर आशिफ शेख, २५ रन बनाएका अर्का ओपनर कुशल भुर्तेल र १२ रन बनाएका अनिल साहलाई गुमाएको थियो।
यतिबेला गुल्शनको ठाउँमा बायाँ हाते ब्याटर कुशल मल्ल क्रिजमा आएका छन्। नेपालले १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।