काठमाडौं– नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो मैत्रीपूर्ण टी–२० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। ११ रन बनाएका ओपनर आशिफ शेखलाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको हो।
टियु क्रिकेट मैदानमा टस जित्दै नेपालले पहिले ब्याटिङ रोजेको हो। नेपालले यतिबेला ३ ओभरमा एक विकेट गुमाउँदै ३४ रन बनाएर खेलिरहेको छ। आशिफ आउट भएपछि क्रिजमा अनिल साह आएका छन्।
सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको थियो।
सोमबारको खेलमा आयरल्यान्ड ‘ए’ले पहिले ब्याटिङ गर्दै १२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।