काठमाडौं– टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई आयरल्यान्ड ‘ए’ले १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रन मात्र बनायो।
आयरल्यान्डका लागि स्टेफेन धोनीले सर्वाधिक ४६ रन जोड्दा थोमस मायस र लियम म्याक्कार्थीले १६/१६ रन जोडे यस्तै फिन हान्डले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कुशल भुर्तेल, ललित राजवंशी र गुल्शन झाले दुई/दुई विकेट लिँदा कुशल मल्ल र करण केसीले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।