काठमाडौं– आयरल्याण्ड ‘ए’ सँगकै टी–२० मैत्रीपूर्ण खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।
टस जित्दै नेपालविरुद्ध ब्याटिङ रोजेको आयरल्यान्ड ए ले पहिलो ओभरमै विकेट गुमाएको थियो। यस्तै आयरल्यान्ड ए ले दोस्रो विकेटका रुपमा एस धोनीलाई गुमाएको छ।
नेपालका लागि करण केसीले पहिलो लिएका हुन्। यस्तै ललित राजवंशीले एस धोनीलाई एलबीडब्लु धरापमा पार्दै दोस्रो विकेट निकालेका हुन्।
नेपाली टिम- कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।