काठमाडौं- नेपाली टी-२० क्रिकेट टोलीले सोमबार आएरल्यान्डको टिमसँग प्रतिस्पर्धा गर्दैछ। दुई वटा टी-२० अभ्यास खेल खेल्न लागेका आयरल्यान्ड ए र नेपालबीच पहिलो प्रतिस्पर्धा आज हुन लागेको हो।
खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले आएयरल्यान्डसँग खेल भोलि मंगलबार खेल्नेछ।
नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने आयरल्यान्डका कप्तान निल रक रहेका छन्। आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ जना खेलाडी यस टोलीमा समावेश छन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द।
आयरल्यान्ड एको टोली
निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।