काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर बैंगलुरुलाई ६ विकेटले पराजित भएको छ।
बैंगलुरुले दिएको १७४ रनको लक्ष्य घरेलु टोली चेन्नईले ४ विकेटको क्षतिमा पूरा गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो।
जवाफी ब्याटिङ गरेको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
चेन्नइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रन बनाए। शिवम दुवे ३४ र रविन्द्र जडेजा २५ रनमा अविजित रहे।
बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक/एक विकेट लिए।
बैंगलुरुका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए। रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए। अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे।
चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए।
आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ : ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।