काठमाडौं- फिफा विश्वकप- २०२६ मा छनोट हुनका लागि नेपालले बिहीबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ। राति १२:४५ बजे बहराइन विरुद्ध नेपालले बहराइनको राष्ट्रिय स्टेडियममा विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दैछ।
यो खेल नेपालमै हुने तालिका रहे पनि दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो।
समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा यूएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।
पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।