काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा पपुवा न्युगिनीको दुई विकेट गएको छ। पहिलो विकेट प्रतिश जीसीले लिए भने दोस्रो विकेट गुलशन झाले रन आउट गराए।
प्रतिशले पीएनजीका टोनी उरालाई आउट गरे। ६ बलमा १३ रन बनाएका उरालाई प्रतिशले बोल्ड गरेका हुन्। उराले १ चौका र १ छक्का बनाए। सेसे बउलाई गुलशनले रन आउट गरे।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।