काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर सन्दीप जोराले ५० रन बनाएका छन्। उनले २१ बलमा अर्धसतक पूरा गरेका हुन्।
यसअघि कुशल भुर्तेलले अर्धसतक पूरा गरेका थिए। उनले ३२ बल खेल्दै ५० रन पूरा गरेका हुन्।
नेपालले १७ ओभर सकिँदा चार विकेट गुमाउँदै १४७ रन बनाएको छ। नेपालले चौथो विकेटको रुपमा भुर्तेललाई गुमाएको थियो। तेस्रो विकेटको रुपमा आरिफ शेख आउट भएका भए।
आरिफ जम्मा ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।
पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।