काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटको रुपमा आरिफ शेख आउट भएका हुन्।
आरिफ जम्मा ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।
अहिले नेपाल ११ ओभरमा तीन विकेट गुमाउँदै ७८ रन बनाएर खेलिरहेको छ। ब्याटर कुशल भुर्तेलले २६ बलमा ३८ रन बनाएका छन्।
पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।