काठमाडौं- हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ।
पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङ गर्दैछ। नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो। यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ।
पछिल्लो खेलबाट नेपालले एक जना परिवर्तन गरेको छ। बिरामी भएका अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।