काठमाडौं– हङकङ टी ट्वान्टी सिरिजअन्तर्गत आइतबार भएको नेपाल र हङकङबीचको पहिलो खेल रद्ध भएको छ। खेल सुरु भएको केही समयमै पानी पर्न थालेपछि केही समय खेल रोकिएर फेरि सुरु भएको थियो।
तर फेरि पानी पर्न थालेको र निरन्तर पानी परिरहेपछि खेल प्रभावित भएर रद्ध भएको हो। जसका कारण हङकङ र नेपालले अंक बाँडेका छन्। तालिकामा दुवैले एक अंक जोडेका छन्।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा हङकङ उत्रिएको खेलमा ८ ओभरको सकिदा पुन वर्षा भएको थियो। हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो।
हङकङमा त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज खेल्न गएको नेपालले मंगलबार पीएनजीसँग खेल्नेछ। हङकङमा घरेलु टोलीसँगको पहिलो फ्रेन्डसिप कपमा नेपालले हार ७३ रनको फराकिलो हार व्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।