काठमाडौं– नेपाल र हङकङबीचको मैत्रीपूर्ण क्रिकेटमा नेपाललाई पहिलो दोस्रो सफलता मिलेको छ। टस जित्दै ब्याटिङको निम्तो दिएको नेपालले दुई विकेट निकालेको हो।
नेपालका लागि पहिलो विकेट आरिफ शेखले लिए भने दोस्रो विकेट आकाश चन्दले लिए। टी–आई खेलमा डेभ्यू खेलेका चन्दले हङकङका मार्टिन कटेजको विकेट लिएका हुन्। उनले कटेजलाई प्रतिश जिसीबाट क्याचआउट गराए।
कटेजले २१ बलमा ३१ रन बनाएका थिए। यसअघि शेखले हङकङका कप्तान निजाकत खानलाई शून्य रनमा सन्दीप जोराबाट क्याचआउट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।