काठमाडौं– नयाँ समीकरण बनेको सत्तारुढ गठबन्धनको बैठक चलिरहँदा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट निस्केर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वरस्थित माधव नेपालको निवासमा नेपाललाई भेट्न पुगेका हुन्।
मन्त्रीहरुको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव आइपुगेका छैनन्। अन्य नेताहरु बैठकमै छन्। प्रचण्ड भने निस्केका हुन्।
नयाँ समीकरणमा एकीकृत समाजवादीलाई पनि समावेश गर्नुपर्ने माओवादी नेताहरुले बिहान बसेको पदाधिकारी बैठकमा धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।