काठमाडौं- सत्ता गठबन्धन फेरिएपछि संसद बैठक स्थगित भएको छ। सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन भत्केर एमाले र रास्वपा सरकारमा सहभागी भएका छन्।
सरकार नै परिवर्तन हुने भएपछि सभामुख देवराज घिमिरले संसद् बैठकबारे दलहरुका नेतासँग छलफल गरेका थिए। उक्त छलफलपछि सूचना टाँसेर स्थिगत गरिएको हो।
‘विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको छ,’ संसद् सचिवालयको सूचनामा भनिएको छ।
आजको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका बारेमा जवाफ दिने कार्यसूची थियो। एमालेले संसद्मा पटकपटक आवाज उठाएपछि प्रधानमन्त्रीले आजको समय मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।