काठमाडौं- सत्ता गठबन्धनको सोमबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको छ। बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो। बैठक राष्ट्रिय सभा अध्यक्षका विषयमा केन्द्रित हुने बताइएको थियो।
यता सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै केपी ओली निवास बालकोटमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसेको छ।
बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन्।
एमालेको सचिवालय बैठक फागुन २५ गतेका लागि बोलाइएको थियो। तर सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा बैठक आह्वान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।