काठमाडौं- प्रथम वीर गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिग-२०८० को उपाधि पुरुषतर्फ बीपी र महिलातर्फ मंगलादेवीले जितेका छन्। यी दुवै टिम शनिबार सम्पन्न फाइनल खेल जित्न सफल भएका हुन्।
नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसद्वारा यही फागुन १७ देखि १९ गतेसम्म सम्पन्न खेलको फाइनलमा पुरुषतर्फ बीपी टिमका तुल्सी रोकाया म्यान अफ द म्याच भए। प्लेयर अफ दि टुर्नामेन्टको उपाधि मोहम्मद दिलसान राजले चुमे भने सिरिज अफ दि बलर अधिस खनाल हुन सफल भए।
महिलातर्फको फाइनल खेलमा म्यान अफ दि म्याच र प्लेयर अफ दि टुर्नामेन्ट अमिशा अधिकारीले हात पार्न सफल भइन्। प्लेयर अफ दि टुर्नामेन्ट भने शिक्षा भण्डारी हुन सफल भइन्। साथै प्लेयर अफ दि बलर मनिषा थापा भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।