काठमाडौं- त्रिकोणात्मक टी-२० आई क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आइतबार नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। बिहान साढे ११ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ।
आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जित सहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ।
नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।