काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्यान्डविरुद्ध नेपालले लगातार दुई विकेट गुमाएको छ।
८ बलमा १२ रन बनाएका ओपनर कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा नेदल्यान्ड्सका भिभिएन किङ्माले पेविलियन फर्काएका थिए। यस्तै अर्का ओपनर आशिफ शेख पनि किङ्माबाट बोल्ड हुँदै आउट भएका छन्।
१२१ रनको लक्ष्य पछ्याएको नेपालले भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको हो भने शेखलाई दोस्रो विकेटका रुपमा गुमायो। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलशन झा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।