काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपाललाई नेदरल्यान्ड्सको छटौं विकेट पतन गराएको छ।
समूहचरणको अन्तिम खेलमा नेदरल्यान्डले लगातार विकेट गुमाइरहेको छ। पहिलो ओभरमा दुई गुमाएको नेदरल्यान्ड्सले नवौं ओभरमा दुई र दशौं ओभरमा पनि दुई विकेट गुमायो।
कुलश मल्लले दशौं ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएका हुन्। उनले नोह क्रोजलाई ३ रनमा अभिनास बोहोराबाट क्याच आउट गराए भने आर्यन दत्तलाई शून्य रनमा बोल्ड आउट गरे।
यसअघि २१ बलमा १८ रन बनाएर खेलिरहेका नेदरल्यान्ड्सका कप्तान स्कट एडवर्ड र ओपनर म्याक्स वडाउटको विकेट नेपालले लिएको थियो।
९औं ओभरको पहिलो बलमा एडवर्डलाई प्रतिश जिसीले बोल्ड आउट गरेका हुन्। यस्तै २४ बलमा ३१ रन बनाएर खेलिरहेका ओपनर म्याक्सलाई पनि ९औं ओभरको पाँचौं बलमा प्रतिशले बोल्डआउट गरेका हुन्।
यसअघि नेपालका करण केसीले पहिलो ओभरमै नेदरल्यान्ड्सको दुई विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।