काठमाडौं- त्रिकोणात्मक टी-२० आई सिरिजको जारी खेलमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका बलर करन केसीले नामिबियाका माइकल भान लिंगेनलाई बोल्ड गरेका हुन्।
उनले पाँचौ ओभरको तेस्रो बलमा लिंगेनलाई आउट गरेका हुन्।
यसअघि सोमपाल कामीले ओपनर मलन कुरगरलाई आउट गराएका थिए। दोस्रो ओभरको तेस्रो बलमा उनले विकेट लिएका थिए।
नेपालले नामिबियालाई रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै रन बनाएको हो।
खेलमा नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरे। उनले ३६ बल खेल्दै ५४ रन बनाए। मल्लले ४ छक्का र एक चौका प्रहार गरे। मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।