काठमाडौं- नेपालले त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबिया विरुद्ध चार विकेट गुमाएको छ। नेपालले ३ बलमा नेपालले २ विकेट गुमाएको छ। यो सँगै नेपाल दबाबमा आएको छ।
नेपालले १२ ओभरको खेल सकिँदा १०७ रन बनाएको छ। क्रिजमा कुशल मल्ल र आरिफ शेख छन्।
सुरुमै नेपालले ओपनर आशिफ सेखलाई गुमाएको थियो। उनीपछि कप्तान रोहित पौडेल आउट भए। सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए। गुल्शन आउट भए।
यसअघि कप्तान पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए।
नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्। उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।