काठमाडौं- नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसद्वारा बिहीबारदेखि सुरु भएको प्रथम वीर गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिग-२०८० अन्तर्गत पहिलो दिनका खेलहरु समाप्त भएका छन्।
आजको पुरुषतर्फको पहिलो खेलमा टिम बीपीले जित हासिल गरेको छ। उक्त खेलमा तुलसी रोकाया म्यान अफ द म्याच भए।
दोस्रो खेलमा लिवर्टी ल लाइन्स विजेता हुँदा प्रमुख बलर विक्रान्त ठाकुर म्यान अफ दि म्याच हुन सफल भए। पुरुषतर्फकै तेस्रो खेलमा जितको निरन्तरता दिँदै टिम बीपी पुन: विजय भयो। उक्त खेलमा म्यान अफ दि म्याच भने मोहम्मद दिल्सान राजले हात पार्न सफल भए।
त्यसैगरी महिलातर्फको पहिलो खेलमा टिम मंगलादेवी विजय हुँदा म्यान अफ दि म्याच पूजा तिमल्सिनाले हात पारिन्। दोस्रो खेलमा महिलातर्फ पनि टिम बीपीले जित हासिल गर्यो। उक्त खेलमा म्यान अफ दि म्याच मनिषा थापा भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।