काठमाडौं- टी-२० आई सिरिजमा नेदरल्याण्डसँग नामिबिया स्तब्ध भएको छ। बिहीबार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबिया नेदरल्याण्डसँग ५९ रनले पारजित भएको हो। माइकल लेभिटको उत्कृष्ट शतकमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो।
जितको लागि २४८ रनको लक्ष्य पछ्याएको नामिबिया २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनमा समेटियो। नामिबियाका लागि जान फ्रेलिंकले सर्वाधिक ४२ रन बनाए भने जेन ग्रिनले ४२ रन बनाए। जेपी कोट्जीले २६, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९/१९ रन बनाए।
नेदरल्याण्डका लागि टिम भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए।
नेदरल्याण्ड्सबाट ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले। साइब्रान्ड एंगेलब्रेक्टले ७५ रन बनाए भने तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा रन आउट भए।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। बेन सिकोंगो र जान फ्रेलिंकले १–१ विकेट लिए।
शुक्रबार नेपालले नामिबियाको सामना गर्नेछ। यसअघिको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।