काठमाडौं- नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले यही फागुन १७ देखि १९ गतेसम्म आयोजना हुने प्रथम वीर गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिग-२०८० को लागि खेलाडीहरुलाई जर्सी उपलब्ध गराएको छ।
नेविसंघ, ल क्याम्पस सभापति मोहम्मद माजिद प्रवेज, स्ववियू सचिव मनोज सिंह, लिगका सल्लाहकार विकास गुप्ता, अक्सनर अजय श्रेष्ठ, कार्यक्रम संयोजक मोहम्मद दिलसान राजको उपस्थितिमा प्रत्येक टिमका ओनर, म्यानेजर, क्याप्टेन तथा खेलाडी लाई जर्सी वितरण गरिएको थयो।
टुर्नामेन्टको उद्घाटन नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्या प्रकाशमान सिंह, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, क्याम्पस प्रमुख श्याम कार्कीको उपस्थितिमा हुनेछ।
१७ गते देखि चल्ने लिगमा सम्पूर्ण खेलाडी तथा विद्यार्थीहरुलाई पुल्चोक क्रिकेट मैदानमा उपस्थितिको लागि नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले निमन्त्रणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।