काठमाडौं- काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नामिबिया विरुद्ध नेपालले पहिलो विकेट लिएको छ। नेपालका करन केसीले पावर प्लेको अन्तिम बलमा विकेट लिएका हुन्।
करनले नामिबियाका मिचेल भान लिंगेनलाई आउट गरेका हुन्। करनको बलमा गुलसन झाले क्याच लिएका थिए। मिचेल १९ बल खेल्दै २० रन बनाएर आउट भए।
त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिट टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।