काठमाडौं– चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ।
काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेकी हुन्। पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन्।
उक्त दफाअनुसार कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरिएको छ।
पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।