काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसद्मा उभिएर जवाफ दिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन् भने संसद्मा आएर जवाफ दिनुपर्ने बताएका हुन्।
उनले सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै मन्त्रीहरुलाई संसद्मा उभिएर जवाफ दिन केले रोकेको छ? भनी प्रश्न समेत गरे। सार्वभौम संसदलाई लडाईं र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ? भन्ने प्रश् गर्दै लामिछानेले एनसेल खरिद-बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसद्मा छलफल हुनुपर्ने बताए।
उनको प्रश्न थियो, ‘यो सार्वभौम संसद्लाई लडाईंको क्षेत्र जस्तो, आरोप–प्रत्यारोपको क्षेत्र जस्तो किन बनाइएको छ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरुले आफूलाई लागेको गम्भीर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छके रोकेको छ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।