काठमाडौं- प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो।
फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट मंसिर २१ गते १४ किलो सुन बरामद भएको थियो। त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।
यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो।
प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।