काठमाडौं- ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटको समूह विभाजन सार्वजनिक भएको छ।
एसियाली क्रिकेट परिषद् (एसीसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह एमा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन्।
अप्रिल १२ देखि २१ सम्म चल्ने टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसिया, दोस्रो खेल कतारसँग खेल्नेछ। तेस्रो खेल हङकङसँग खेलेपछि समूहको अन्तिम खेल १७ अप्रिलमा साउदीसँग हुनेछ।
दुवै सेमिफाइनल १९ अप्रिलमा छ। फाइनल खेल २१ अप्रिलमा रहेको छ। २२ अप्रिल रिजर्भ डे पनि राखिएको छ।
प्रतियोगिताको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।