काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० सिरिजका लागि टोली घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो। विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो।
तीव्र गतिका बलर राशिद खान, अनिल शाह, सागर ढकाल र आरिफ शेख टोलीमा थपिएका छन्। राशिद र सागरले नेपाल एबाट खेलेका थिए। पिएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन्।
ओडीआई टोलीमा नरहेका अभिनाश, विनोद, सन्दीप, विवेक, प्रतिश, राशिद र सागर पनि टी-२० टोलीमा समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।