काठमाडौं- निर्वाचन आयोगले वैशाख १५ मा दुई ठाउँको उपनिर्वाचन गर्ने भएको छ। आयोगको फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम- २ (प्रतिनिधि सभा) र बजाङ १ को क (प्रदेश सभा)को निर्वाचन तोकेको हो।
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएको थियो।
प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।